काठमाडौ । नेपाली राजनीतिका चर्चित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत पुगेका छन् ।
प्रधानमन्त्री भारत पुगेकैबेला उनी भारत पुगेका हुन् । जसलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणलाई लिएर कतिपयले विभिन्न शंका(उपशंका गरिरहेका छन् ।
पार्टीलाई जानकारी गराएर लामिछाने पत्नी निकितासहित हिजो मुम्बई प्रस्थान गरेका हन ।
प्रधानमन्त्रीको भ्रमणसँग जुधाएर रवि किन भारत गए त ? पार्टीका महामन्त्री डा मुकुल ढकाल यो केवल संयोग भएको बताउँछन् ।
ढकालले ६ दिनको यात्रामा लामिछानेले राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको बताए ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ नेपाल आउँदा रविले उनलाई भेटेका थिए । सो तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल छ । तर, उक्त भेटघाट र अहिलेको भ्रमणको कुनै सम्बन्ध नरहेको ढकाल बताउँछन्।



प्रतिक्रिया