भौतिक तथा पूर्वाधार मन्त्री सुनील लम्सालले जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई काम नगर्ने ठेकेदारको खुट्टा भाच्न निर्देशन दिएका छन् । नागढुंगा मुग्लिङ सडकखण्डको अवलोकनका क्रममा स्थानीयको उपस्थितिमा काम नगर्ने ठेकेदारको खुटटा भाच्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखलगायतका सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो ।
सो क्रममा उनले भने :- यहाँ जो पोलवाला हो नि बिजुलीको पोल त्यो कन्टयाक्टरलाई यो धर्तीमा जहाँ भए पनि खोजेर लिएर आउनु । त्यसलाई पनि यहीँ राख्नु । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाचिदिनु मतलब भएन । छातीमा हात राख्दै उनले भने यहाँको पब्लिकले धेरै दुःख पायो ।


प्रतिक्रिया