आजबाट सर्वोच्चमा पाँचवर्षे रणनीतिक योजना कार्यान्वयन

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि  बाँकी मुद्दाहरू छिटो छरितो फर्स्याैट गर्नका लगि पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा आएको छ ।

आजदेखि न्यायपालिकाको सो योजना अघि सारेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रणनीतिक योजना सार्वजनिक गर्दै लागू भएको घोषणा गरे ।

‘सबैका लागि न्याय’ भन्ने अवधारणासहित तयार पारिएको रणनीतिक योजनाले छिटोछरितो रुपमा मुद्दाको सुनुवाइ गरी न्यायनिरुपण गर्ने लक्ष्य राखेको छ ।

रणनीतिक योजनाअनुसार, अबको दुई वर्षभित्र (२०८३ असार मसान्तसम्म) सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका कुनै पनि मुद्दा रहने छैनन् । अहिले सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका करिब २६०० मुद्दा बाँकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार