काठमाडौँ । बाराको कलैया उपमहानगर १४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगर २९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेकाे बससँगै बेपत्ता भएकिछिन् ।
रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा बन्दै आएकी थिइन् । जागिरे भए पनि उनी सन्तुष्ट बन्न सकेकी थिइनन् ।त्यसैले थप कमाइ गरी परिवारको आर्थिक अवस्था सुधार गर्न उनी विदेश जान भनेर परीक्षाका लागि काठमाडौं आउँदै थिइन् । तर, काठमाडौं नपुग्दै उनी चढेको बस त्रिशूली नदीमा बेपत्ता भएकाे थियाे । बससँगै उनी पनि बेपत्ता छिन् ।योसँगै उनको परिवारको सपना पनि त्यही सकिएकाे छ । सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं हिँडेकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताएका हुन।दुई दिनदेखि दुर्घटना स्थलमा रहेका सृष्टिका बुबा भन्छन्, ‘छोरी काठमाडौं गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि, तर गन्तव्य मा नपुग्दा नै त्रिशूलीमा अस्ताइन् ।’छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् ।







प्रतिक्रिया