आज नव प्रधानमन्त्रीको नियुक्ति, शपथ ग्रहण भोलि गरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्न अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गरिसक्न शुक्रबार आह्वान गरेका थिए ।

सो आह्वानअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने छन् ।

आइतबार समय अपुग हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण गराउने भएकाे हाे ।

प्रतिक्रिया