काठमाडौ । सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको आध्यात्मिक रामायण, खासगरि संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सही कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरू गरियो ।





प्रतिक्रिया