ओलीले माओवादीसँगकाे गठबन्धन भत्किनुको कारण खोले

काठमाडाैँ । नेकपा माओवादी केन्द्रसँगको सहकार्य बीचैमा तोडेर नेपाली कांग्रेसँग गठबन्धन बनाउनुको कारणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार पार्टी नेताहरूलाई औपचारिक जानकारी दिएका छन्।

प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि सत्ता सहकार्यका लागि कांग्रेससँग कुरा गरिरहेको थाहा पाएपछि माओवादीसँगको गठबन्धन भङ्ग गरेको जानकारी दिएका हुन ।

ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउने सहमति गरेसँगै एमाले-माओवादी गठबन्धन धरापमा परेको थियो। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने गठबन्धन भङ्ग हुनुमा  नेकपा एमालेकाे नै दोष हाे।

राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारको विषयमा मतभेद भएपछि प्रचण्डले गत फागुनमा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार