काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने सचिव पद्मा अर्यालले बताइन् ।
उनका अनुसार बैठकमा कांग्रेस-एमालेको अब बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट मन्त्री बनाउँदा आवश्यक पर्ने मापदण्डबारे छलफल हुनेछ ।
बैठकमा पालिका, जिल्ला र प्रदेश अधिवेशनबारे पनि छलफल तथा समीक्षा हुनेछ । एमालेले २०८० साललाई संगठन तथा अधिवेशन वर्ष घोषणा गरेको थियो । त्यही अनुसार एमालेले ७५३ वटै पालिका, ७७ जिल्ला र प्रदेशको अधिवेशनमा होमिएको थियो । धेरै पालिका र जिल्लामा अधिवेशन भए पनि केही ठाउँमा भने अधिवेशन हुन बाँकी छ ।
संगठन तथा अधिवेशनका लागि भूगोलमा खटाएका नेताहरूलाई फर्काएर नयाँ जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुने सचिव अर्यालले बताइन् । उनका अनुसार सचिवालय बैठकले केही नेताहरूको जिम्मेवारी पनि हेरफेर गर्नेछ ।



प्रतिक्रिया