क्रिस्टियानो जुनियर र क्रिस्टियानो रोनाल्डो एकैसाथ फुटबल खेल्ने

काठमाडौँ । युरोकपबाट पोर्चुगल बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे चर्चा परिचर्चा शुरु भएको छ

रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताएका थिए ।  उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने उत्सुक्ता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ ।

यसैबीच चेल्सीका पुर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबि गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने अठाेट छन ।

क्रिस्टियानो जुनियर अहिले १४ बर्षका छन् र उनी पनि राम्रो फुटबल खेल्दछन । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- ‘रोनाल्डोको यहि असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहान्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।’

३९ बर्षिय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा उनी  भने कहिलेसम्म खेल्छन, निश्चित रहेको छैन । उनले पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलकाे इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार