बाघले आक्रमण गर्दा दाङका तीन महिला घाइते

काठमाडाैँ । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी 
भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन ।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ । त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ ।

उनिहरु आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा बाघले आक्रमण गरेको थियो ।

घइतेहरुकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।

प्रतिक्रिया