सप्तकोशीमा बाढीको बहाव यो वर्षकै उच्च, ५६ वटै ढोका खोलियो

काठमाडाैँ । लगातार अविरल वर्षाका कारण सप्तकोशी मा पानीकाे बहाव बढेपछि ब्यारेजका  ५६ वटै ढोका खोलिएको छ ।

भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो ।

यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको  हाे ।आइतबार बिहान ९ बजेपछि बहाव  मापन गर्दा ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन गरीएकाे हाे ।

सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया