एकदिन परेको वर्षाकै कारण ५० भन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । एक दिन परेको वर्षाका कारणले देशभर दर्जनौँ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले शनिबार साँझसम्म ५० वटा सडक खण्ड बन्द भएका  हुन्।

अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् ।

बाढी पहिरोले तहसनहस पारेको सडकखण्ड पन्छाउन लाउने पहल सुरु भएकाे छ ।

जोखिम बढेकाले केही दिन लामाे दुरीका यात्रा नगर्न  सूचना सर्वसाधारणका लागि बारम्बार  सरकारले जारी गरिरहेकाे छ ।

प्रतिक्रिया