युद्धविरामबीच लेबनानमा हमला

दक्षिणी लेबननको अल-तिरी गाउँमा इजरायलले आक्रमण भएको छ ।

लेबननको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार दुई जनाको मृत्यु भएको छ।

यसको एक दिनअघि इजरायली सेनाले लेबननका बासिन्दालाई लितानी नदी, वादी अल-सलुकी र वादी अल-सलहानीबाट टाढा रहन चेतावनी दिएको थियो।

इजरायली सेनाले त्यहाँ ‘हेजबुल्लाह आतंकवादी गतिविधि’ जारी रहेको दाबी गरेको थियो।

इजरायल र लेबननबिच यही अप्रिल १६ मा १० दिनका लागि युद्धविराम घोषणा गरिएको थियो।

आज (बिहीबार) अमेरिकाको राजधानी वासिङटनमा पनि राजदूतस्तरीय वार्ता हुने कार्यक्रम छ।

हेजबुल्लाह र इजरायल दुवैले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

इजरायली सेनाले पहिले भनेको थियो- हेजबुल्लाहले दक्षिणी लेबननमा इजरायली सेनामाथि आक्रमण गरेको छ।

प्रतिक्रिया