मेयरको गाडी खोलामा भासियो

काठमाडौँ। दाङको लमही नगरपालिकाका मेयर सवार रा १ झ १४६ नम्बरको स्कारपियो खोलामा भासिएको छ ।

लमही नगरपालिका ९ स्थित तेलियाको गंगटे खहरे खोलामा शनिबार गाडी भासिएको हो ।

तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेका थिए ।

त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा खोलामा स्कारपियो भासिएको हो । गाडीमा सवार सबै जना सकुशल रहेका छन ।

प्रतिक्रिया