हराएका बालक पोखरामा मृत फेला

काठमाडौं । सोमबारदेखि हराएका बालक पोखरामा भेटिएका छन् ।

स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र भाञ्जा आठ वर्षीय आशिष मण्डल मृत भेटिएका हुन्।

दुवै बालक पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले  का प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाले बताए।

डीएसपी सापकोटाका अनुसार, दुवै बालक सोमबार दिउँसो हराएका थिए। परिवारजनले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए।

सोमबारदेखि नै खोजबिन शुरू गरेको भए पनि मंगलबार मात्रै दुवै बालक मृत भेटिएको डीएसपी सापकोटाले बताए। उनका अनुसार, स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका हुन्।

उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार