साम्पाङ प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने

श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् ।

आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको छ ।

प्रतिक्रिया