नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड (चक्रपथ) विस्तारका लागि दबाब
असार १५ गते दबाब यात्रा गर्ने भएका छन् ।
केही दिनअघि नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए । साथै उनले यस विषयमा संसदमा पटक(पटक आवाज उठाउँदै आईरहेका छन् ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।
काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया