कान्तिपुरका निर्देशकलाई रविको जवाफ : समाचार लुकाउन गरेको प्रमाण ल्याइदिनूस्

काठमाडौं ।  गृहमन्त्री रवि लामिछानेले कान्तिपुरका निर्देशकको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको भनी गृहमन्त्री रवि लामिछानेबमाथि आरोप लगाएका थिए । यस निर्देशक सिरोहियाको अभिव्यक्तिबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् ।

आज संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको प्रश्नमा उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् ।

उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’

प्रतिक्रिया