मोदीलाई चीनको बधाई

काठमाडौं । चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धन बधाई दिएको छ । भाजपाले लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा चीनको विदेश मन्त्रालयले बधाई दिएको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बधाई सन्देशमा भनेकी छन्, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र नेशनल डेमोक्रेटिक एलाइन्सलाई बधाई छ,’ बधाई सन्देशमा अगाडि भनिएको छ, ‘हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौं।’

मंगलबार सम्पन्न मतगणनामा २४० सिट जितेको भाजपाले एक्लै बहुमत ल्याउन सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार