काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमाबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको बताइए पनि स्पष्ट विषय देखिँदैन ।
प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए । भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।


प्रतिक्रिया