काठमाडौं । सर्वोच्च अदालतमा सिधाकुरा प्रकरणमा पनि सुनुवाइ भइरहेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा सो मुद्दाको सुनुवाइ चलिरहेको हो ।
अनलाइन तथा युट्युब च्यानल सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीशको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन तथा प्रसारण गरेपछि सर्वोच्च प्रशासनले नै अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाएको थियो।
केही समय अघि द डार्क फाइल नाम दिएर शृंखलाबद्ध प्रकाशन तथा प्रशारणमा हाल नागरिकता विवादमा रहेका कैलाश सिरोहियाको नाम पनि उल्लेख थियो । हाल सिरोहिया दोहोराे नागिरकता विवादमा तानिएका छन् ।



प्रतिक्रिया