काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नै रहेको खुलासा भएको छ ।
पशुपतिनाथ मन्दिरको भेटी चोरी भएपछि त्यसको अनुसन्धानका क्रममा एक कर्मचारी संलग्न कर्मचारी पाइएको, र ती कर्मचारीले कोषध्यक्षले अह्राएका कारण अपूmले रकम चोरेको बताएका छन् ।
पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो ।


प्रतिक्रिया