संसद् अवरुद्ध हटाउन सत्ता पक्ष र विपक्षी दलबीच छलफल सुरु

काठमाडौं । बालुवाटारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सत्ता पक्षबीच छलफल सुरु भएको हो ।

छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् ।
यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर संसद अवरोध जारी राखेको छ ।

नेकपा एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति गठन गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया