काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक २०८१ जेठ ६ गते बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
आज अर्थात् शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सो बैठक विभिन्न कारण बस्न नसकेपछि आइतबार बिहान ११ बजेका लागि सारिएको हो ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गर्दै आएको छ ।
जसको परिणाम बिहीबार बसेको प्रतिनिधिसभा सत्ता पक्ष र विपक्षबीच धकेला धकेल भएको थियो ।
यस्तै, राष्ट्रििय सभा बैठक पनि स्थगित हुँदै आएको छ ।




प्रतिक्रिया