संसद् भवनअगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार नेविसंघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

सहकारी पीडितलाई न्याय दिनुपर्ने माग छ । प्रदर्शनमा ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ प्लेकार्ड प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया