कांग्रेसका नेताको फाइल खोल्ने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अब संसदीय छानविन समिति नबन्ने बताएको छ । बिहीबार संसद्मा धकेलाधकेलको स्थिति बनेपछि राष्टिय स्वतन्त्र पार्टीले यस्तो बताएको हो ।

रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’

उनले अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्ने अडान सुनाए ।

प्रतिक्रिया