संसद्मा सत्ता पक्ष र विपक्षबीच धकेलाधकेल हुँदा के के भयो ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएपछि प्रतिनिधिसभा स्थगित भएको छ ।

आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।

सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए ।

त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे ।

कांग्रेस सांसदहरु गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थाले । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे । सो क्रममा  एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङसँग कुराकानी गरे ।

त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।  गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए ।

प्रतिक्रिया