काठमाडौं । बेलायत सरकारले जाजरकोट भूकम्पपीडितका लागि दुई अर्ब १८ करोड ४० प्रदान गर्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोगले संयुक्त विज्ञप्ति जारी गरी यस्तो प्रतिबद्धता गरेका हुन् ।
संयुक्त रुपमा जारी विज्ञप्तिमा भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गर्ने उल्लेख छ ।
बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ ।
गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी एक सय ५७ जनाको ज्यान गएको थियो ।




प्रतिक्रिया