काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको धम्कीबाट कांग्रेस नडराउने बताएका छन्।
बुधबार ओलीले कांग्रेसप्रति पोखेको आक्रोशप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।
त्यसको जवाफ दिँदै नेता कोइरालाले प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै ओलीलाई लक्षित गर्दै भने, ‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं।


प्रतिक्रिया