दोलखामा मलामी बोकेको सवारी दुर्घटना, १४ जना घाइते

काठमाडौं। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च. ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया