काठमाडौं । अब सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा शिक्षकले राजनीतिक दलमा आबद्ध हुन नपाउने कुरा उल्लेख छ ।
सो नीति तथा कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न पाउने छैनन् ।
शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघि सरकारी शिक्षक राजनीतिक दलको कार्यकर्ता बन्न नहुने आवाज उठाउँदै आएकी थिइन् । उनी शिक्षामन्त्री भएकै बेला सरकारको नीति तथा कार्यक्रममा शिक्षक राजनीतिक दलको सदस्य बन्न नहुने भनी समावेश भएको हो ।





प्रतिक्रिया