पार्टी फुटको विषयलाई लिएर उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटलाई लिएर अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन्। अमेरिका भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा जसपा दल बनेको छ ।

सोको विरुद्धमा उनी आज सार्वोच्च पुगेका हुन् । सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार यादवले दिएको रिट दर्ता भएको छ।

मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ।

रिटमा अध्यक्ष यादवले पार्टी विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्।

प्रतिक्रिया