गृहमन्त्री लामिछानेमाछि छानबिनका लागि समिति बन्न सक्दैन : एमाले

काठमाडौं । प्रमुख सत्ता साझेदार नेकपा एमालेले रवि लामिछानेमाथि छानबिनका लागि समिति बन्न नसक्ने बताएका छन् ।

संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकपश्चात् प्रतिक्रिया दिँदै नेकपा एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी दिएका हुन् । बैठक आइतबार सिंहदरबारमा बसेको थियो ।

छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग दोहोर्‍याएको थियो भने सत्तापक्षले कांग्रेसको माग कुनै हालतमा पुरा नहुने जवाफ दिएको थियो ।

प्रतिक्रिया