काठमाडौं । जसपा विभाजको असर मधेश प्रदेशमा पनि देखिने भएको छ । जसको असर संघीयता कार्यान्वयनसँगै मधेस प्रदेशमा जसपा सरकारबाट अलग हुने भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् ।
नेकपा एमाले र माओवादी सरकारबाट बाहिरिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ ।
मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।
उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।


प्रतिक्रिया