काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले यसअघिको सरकारले सरकारी ठगीमा मुछिएका जीबी राईलाई भगाएको बताएका छन् ।
शनिबार चितवनमा पत्रकारसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ’
त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ?


प्रतिक्रिया