रविको पछि प्रहरीको सट्टा कांग्रेस लागेको छ:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठक सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए ।

कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’

प्रतिक्रिया