नेम्वाङले आज शपथग्रहण लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथग्रहण गर्ने भएका छन् ।

इलाम २मा यसअघि वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङले आज शपथग्रहण गर्न लागेका हुन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने कार्यक्रम रहेको छ ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए ।  तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया