द डार्क फाइल प्रकरण : सर्वोच्चद्वारा रामेश्वर थापा, कैलाश शिरोहियालगायतको जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतलले सिधाकुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग गरेको छ ।

अदालतले अपहेलनाका प्रतिवादीहरु अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ अधिवक्ता हरि उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्लेको जवाफ माग गरेको हो ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले नाम पोलिएकाहरूको लिखित जवाफका लागि आदेश दिएका हुन् ।

प्रतिक्रिया