बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको रुपमा प्रयोगमा आएका छन् ।

गतबुधबार (२०८१ वैशाख १२ गते) को मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।

२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताए ।

यसैको खुसीयालीमा आज बागमतीमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार