काठमाडौं । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसले कालो झण्डासहित नाराबाजी गरेको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले संविधानविपरीत विश्वासको मत लिएपछि नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको हो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ ।
तर, सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको भन्दै विश्वासको मत पाएको घोषणा गरेका थिए ।


प्रतिक्रिया