उपेन्द्र यादव अमेरिकामा रहँदा नेपालमा पार्टी ध्वस्त, नेपाल आइपुग्दा ७ सांसद् गायब

काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहँदा  उनको पार्टी फुटेको हो ।

उनी आज राति नेपाल आउँदैछन् । यता पार्टीका नेता अशोक राई नेतृत्वको समूह नयाँ पार्टी गठनको मागगर्दै निर्वाचन आयोगमा पुगेको छ ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्  ।  उनी नेपाल आएर गृहकार्य सुरु गर्दा सम्भवत: उनकाे पार्टी विधिगत रुपमा दुईवटा हुनेछ । र, उनको पक्षमा ५ मात्रै सा‌ंसद् रहनेछन् ।

प्रतिक्रिया