काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले गत वर्ष वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
हाल विद्यालयलाई आधारभूत र मावि गरी दुई भागमा विभाजन गरिएको छ । यदपि पुरानै व्यवस्थाअनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ ।
निमावि तहका शिक्षकले कक्षा ८ सम्म पठाउन पाउँछन् ।


प्रतिक्रिया