काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक सुरेन्द्र पाल, संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई यस्तो निर्देशन दिएका हुन् ।
उनीहरु शनिबार ओली भेट्न बालकोट पुगेका थिए । सो क्रममा अध्यक्ष ओलीसँग सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा कुराकानी भएको थियो ।
६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।


प्रतिक्रिया