प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति हो, उहाँकै कारण माओवादी एक हुन सकेनन् : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने व्यक्ति भएको आरोप लगाएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो । सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ । उहाँ सत्ताका लागि जे गर्न पनि तयार हुने व्यक्ति भएको मलाई पहिल्यै थाहा थियो । तर पनि माओवादी आन्दोलनमा लागेका साथीहरूलाई समेटेर नयाँ ढंगले अघि बढ्ने योजना थियो । प्रचण्डकै कारण सफल हुन सकेन ।’

प्रतिक्रिया