इलमा २ मा एकीकृत समाजवादीले कति मत प्राप्त गर्यो ?

काठमाडौं । इलाम २मा भएको भएको उपनिर्वाचनको मत परिणाम आइसकेको छ । राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेद्वारले भाग लिएको सो निर्वाचनको मत परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्का नेम्वाङका प्रतिद्वन्द्वीका रुपमा रहे । पहिचानवादी उम्मेद्वार डकेन्द्र थेगिम तेस्रो स्थानमा रहे भने निकै चर्चामा रहेका मिलन लिम्बू चौथो स्थानमा रहे । तर, लिम्बूले जमानत बचाउन सकेनन् ।

यसका साथै, उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार विजयी हुँदा एकीकृत समाजावदीका उम्मेदवारले कति मत ल्याए भन्ने विषय  चासोको विषय बनेको छ ।

नेकपा एमालेको प्रतिस्पर्धीका रुपमा आफूलाई प्रस्तुत गर्दै आइरहेकाले पनि इलाम २ मा समाजवादीले प्राप्त गर्ने मतलाई चासोका साथ हेरिएको हो ।

त्यस्तै, अर्को कारण  समाजवादी पहिलो पटक एक्लै  निर्वाचनमा भाग लिनु पनि हो ।  यसअघि भएका स‌ंघीय  तथा प्रदेश र स्थानीय तहको निर्वाचनमा समाजवादी का‌ंग्रेस माओवादीको गठबन्धनमा निर्वाचनमा भाग लिएको थियो ।

इलाम २ मा हुने निर्वाचनमा  उम्मेद्वार दर्ताका क्रममा सम्मानित नेता झलनाथ खनाल  उपस्थित थिए । जसले निकै कौतूहलता बढाएको  थियो ।
तर, एकीकृत समाजवादीको मत परिणाम भने निकै निराशाजनक छ । नेकपा एमालेका उम्मेद्वार सुहाङले २८ हजारको हाराहारीमा मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेद्वार जीतबहादुरले मात्र ४०८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार