काठमाडौं । फ्रिडम प्रोजेक्ट अन्तर्गतको पहिलो सिजन एक कालिन्चोक मन्दिरदेखि नाग दहसम्मको ३० किलोमिटर दुरीको माउन्टेन बाइकिङ रिले दौड प्रतियोगिता सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकासँगको सहकार्यमा यति ओरिजिन्सले आयोजना गरेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भीमेश्वर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक स्टालिन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा दुई विदेशीसहित १० टिमका ४० जना राइडरहरुको सहभागिता रहेको यति ओरिजिन्सका अध्यक्ष रुपेशमान श्रेष्ठले जानकारी दिए ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको कालिन्चोकबाट सुरु भएको यो रिले दौड करिब ८ सय मिटर उचाइको नागदहस्थित तामाकोसी नदीमा पुगेर ठुङिगएको हो ।
प्रतियोगी टिम कालिन्चोकबाट गैरी, देउराली, दोलखा बजारस्थित दोलखा दरबार होटल हुँदै नाग दह पुगेको थिए । दोलखाको पर्यटकीय विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक यति ओरिजिनलका अध्यक्ष श्रेष्ठले बताए ।





प्रतिक्रिया