काठमाडौं । शिक्षक सेवा आयोगले भारी संख्यामा प्राथमिक तह तृतीय शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले शनिबार देशभरका लागि करिब ४५०० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले कोशी प्रदेशका लागि १०७७ जना, मधेश प्रदेशमा ५०८ जना, बागमती प्रदेशमा ११०३ जना, गण्डकी प्रदेशमा ८०० जना, लुम्बिनी प्रदेमा ४९५ जना, कर्णाली प्रदेशका लागि १७७ जना र सुदूरपश्चिम प्रदेशमा ३०२ जनाको दरखास्त आह्वान गरेको छ।
दरखास्त असार १३ गतेसम्म दिन सकिनेछ भने प्रथम चरणको परीक्षा असार २२ गते हुनेछ । दोस्रो पेपरको परीक्षा मिति प्रथम पत्रको नजितासँगै प्रकाशन गरिने आयोगले जनाएको छ ।
जिल्लागत रुपमा विज्ञापन हेर्न तलको लिंक हेर्न सक्नुहुनेछ ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=548&fn=bigapan%20primary_2080.pdfE%2f





प्रतिक्रिया