काठमाडौं । भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।
कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि नेपाल सरकारले भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।



प्रतिक्रिया