क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेकको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलामा असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको पेसी तोकिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनले उच्च अदालतमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

प्रतिक्रिया