काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।
बुधबार राति प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिल जलिरहेको युवतीको शव बरामत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले २३ वर्षीय युवतीको शव जलिरहको शव बरामद गरेको जानकारी दिएको छ ।
शव महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया